नबिल इन्भेष्टमेन्टको खुलामुखी म्युचुअल फण्ड कात्तिक २३ गतेदेखि खुल्ने

0
Shares

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ।

क्यापिटलले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डको प्रतिइकाई १० रुपैयाँ दरले ७ करोड ५० लाख इकाई निष्कासन गर्ने भएको हो ।

जसमध्ये न्यूनतम १ करोड १२ लाख ५० हजार इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ। कोष प्रबद्र्धक नबिल बैंकलाई १४ प्रतिशत अर्थात एक करोड ५ लाख इकाई र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई एक प्रतिशत अर्थात ७ लाख ५० हजार छुट्याइएको छ ।

कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गर्न लागेको हो।
सो इकाईका लागि कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति मंसिर ७ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सकिनेछ। सो फण्डको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।