प्रभु बैंक र हार्नेस् जिपलाइनबिच छुट सम्झौता

0
Shares

प्रभु बैंक र कुस्मा, पर्वत स्थित हार्नेस् जिपलाइन प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेस् जिपलाइनका तर्फबाट अध्यक्ष विदुर पौड्यालद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रभु बैंक र उक्त जिपलाइन बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले हार्नेस् जिपलाइनद्धारा सञ्चालित (ट्यान्डम, सुपरम्यान एण्ड क्लासिक जिपलाइन) सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने भएको छ ।

उक्त सम्झौता अन्तर्गत हार्नेस् जिपलाइनमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हार्नेस् जिपलाइनका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।