निर्जिवन बीमा कम्पनीहरुद्धारा १० अर्ब ८४ करोड बीमाशुल्क संकलन, शिखरको अग्रता तोडियो

0
Shares

निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुमा अग्रस्थानमा रहँदै आएको शिखर इन्स्योरेन्सको पहिलो नम्बरको ताज यस पटक खोसिएको छ । असोज मसान्तसम्म सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले शिखरको तुलनामा २४ करोड बढी बीमाशुल्क संकलन गरेको हो ।

सर्वाधिक बीमाशुल्क संकलन गरेको राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २६ करोड ४५ लाख १८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस्तै दोस्रो स्थानमा पुगेको शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड ६९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

चालु आवको पहिलो तीन महिनामा सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले ५० करोड २४ लाख ५० हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

प्राधिकरणका अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीले ८५ करोड २१ लाख ६१ हजार रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले ८२ करोड ८४ लाख २५ हजार रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ७६ करोड ४९ लाख २७ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ७३ करोड ३४ लाख ७२ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ६१ करोड ८ करोड ६७ हजार रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ५६ करोड ९८ लाख १ हजार रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सले ५० करोड २४ लाख ५० हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यसैगरी असोज मसान्तसम्म अजोड इन्स्योरेन्सले ४६ करोड ८ लाख १३ हजार रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ४४ करोड ९० लाख ९३ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले ४३ करोड ७६ लाख ५३ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले ४१ करोड २९ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । बाँकी ६ निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासमा ४० करोडभन्दा कम कुल बीमाशुल्क संकलन गरेका छन् ।

समीक्षा अवधिमा दि ओरियरन्टल इन्स्योरेन्सले ३९ करोड ६४ लाख ७० हजार रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ३५ करोड १८ लाख ४५ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३२ करोड ८३ लाख ४१ हजार रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले ३२ करोड ३१ लाख ८२ हजार रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले २८ करोड ३६ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सबैभन्दा कम बीमाशुल्क संकलन गरेको जनरल इन्स्योरेन्सले २५ करोड १८ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।