कनेक्ट आइपिएसको ‘विन्टर अफर’, सय रुपैयाँसम्म क्यास ब्याक


 कनेक्ट आइपिएसले बैंक खातामा आधारित भुक्तानीलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्याएको छ ।  उक्त अफर अन्तर्गत मङ्सिर १ गते देखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्ट आइपिएसमा रजिस्टर गर्दा २५ रुपैयाँ रिचार्ज देखि सय रुपैयाँ क्यास ब्याकसम्म पाउनेछन् ।

बैंकका ग्राहकहरुले कनेक्ट आइपिएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा २५ रुपैयाँको रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै २५ रुपैयाँ क्यास ब्याक पनि प्राप्त गर्न सक्नेछन् । त्यसै गरी कनेक्ट आइपिएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा एक सय क्यास ब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक सब्सिक्रिप्सन अधिकतम १५ हजार सम्मा समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

बैंकका ग्राहकहरुले कनेक्ट आइपीएस मोबाइल एप डाउनलोड गरी नयाँयुजर बनाउन सक्ने कम्पनीले जनाएको छ । एक पटकको भेरिफिकेसन पछि एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी अन्लाईन सेल्फ भेरिफाइ वा सम्बन्धित बैंक वित्तीय संस्थामार्फत एक पटक भेरिफाइ गराउनु पर्ने हुन्छ ।

बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आइपिएसको वेबमार्फत प्रति कारोबार २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख रुपैयाँ सम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व,लोक सेवा,  ट्राफिक फाइन, शेयर कारोबार लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।

कनेक्ट आइपिएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपिएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । कनेक्ट आइपिएस मार्फत चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५७ सदस्य बैंक वित्तीय संस्थामार्फत एक हजार एक सय ५० अर्ब बराबरको १ करोड ५० लाखभन्दा बढी भुक्तानी कारोबार फछर्यौट भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।