सेञ्चुरी बैंकको पदमपुर शाखा स्थानान्तरण

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७९ कार्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाउँमा सञ्चालनमा ल्याएको छ । पदमपुर शाखा नयाँ ठाँउमा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठले समुद्घाटन गरी सेवा सञ्चालन गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखा रहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।