सिभिल बैंकको सेयरमूल्यमा सर्किट

0
Shares

सिभिल बैंकको सेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ । चार महिनापछि बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार खुलेको बैंकको १३ वटा कारोबारमा नै नै सर्किट लागेको हो ।

प्रतिसेयर २१३ रुपैयाँमा कारोबार खुला भएको बैंकको सेयरमूल्य दश प्रतिशतले बढेर २३४.३० रुपैयाँ पुगेको हो । कारोबारको एक घण्टा अवधिमा भने बैंकको सेयरमूल्य केही घट्दै ९.८१ प्रतिशत बढेर २३३.९० रुपैयाँमा कारोबार भैरहेको छ ।

एक घण्टा अवधिमा बैंकको १ लाख ४३ हजार कित्ता सेयर ३ करोड ३६ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । बैंक कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको छ ।

हिमालयन बैंकसँग मर्जर प्रकृयामा रहँदा विगत चार महिनादेखि सेयर कारोबार बन्द भएको बैंकको आजदेखि सेयर कारोबार खुलेको थियो । हिमालयनसँग १०० सेयर बराबर ८१ कित्ता सेयर स्वाप रेसियोमा मर्जरमा रहेकाले पनि राम्रो स्वाप रेसियो पाएका कारण सिभिलको सेयरमूल्य बढेको हो ।नेप्सेको मार्केट डेप्थमा बैंकको १४ हजार कित्ता सेयरको बिक्री आदेश हुँदा ७० हजार कित्ताको खरिद अर्डर छ । 


बैंकको आधारभुत बाहेक सर्वसाधारण सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएको हो । सिभिल बैंकको असार २९ गते प्रतिकित्ता २१३ रुपैयाँमा अन्तिम पटक सेयर कारोबार भएको थियो । गत असार २९ गते दुई बैंकबीच गाभ्ने।गाभ्ने सहमति भएको थियो । उक्त सहमतिपछि नेप्सेले असार ३० गतेदेखि बैंकको सेयर कारोबार रोक्का थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।