नेपालीका लागि आकर्षक रोजगारीको गन्तब्य बन्न सक्छ कतार

0
Shares

कतार नेपाली कामदारको लागि आकर्षक रोजगारीको गन्तब्य मुलुक बन्न सक्ने कतारका लागि नेपाली राजदुत डा.नरेश विक्रम ढकालले बताएका छन् ।

विश्वकप लगत्तै कतारले नयाँ १५ वटा ठूला परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । परिणाम स्वरुप नेपाली कामदारले पनि आकर्षक रोजगारी पाउन सक्ने उनले दाबी गरेका छन् ।

कतारमा साढे तीन लाख नेपाली कामदार कार्यरत छन् । दुई सय भन्दा बढी नेपाली कामदारले अहिले आफै व्यवसाय खोलेका छन् । कतारमा नेपाली कामदार सामान्य कामदार रुपमा मात्रै गएका छैनन् । उच्च र दक्ष व्यक्ति पनि रोजगारीका लागि कतार पुगेको राजदूत डा.ढकालले बताए । उनका अनुसार कतारमा नेपाली इन्जिनियर, डक्टर, नर्स, एकाउन्टेट लगायतका पदमा समेत नेपाली कामदार रहेको उनले बताए । साथै व्यवस्थापनको उच्च तहमा समेत नेपाली कामदारले काम गर्दै आएको उनले स्पष्ट पारे ।

विश्वकपका कारण तत्काल कतारले कामदार भर्ना प्रक्रिया सुस्त पारेको छ । विश्वकपका कारण नयाँ निर्माणका कार्य रोकिएका कारण पनि नयाँ कामदार भर्ना प्रक्रिया प्रभावित भएको हो । तर, विश्वकप लगतै कतारमा नयाँ सम्भावनाहरु खोल्ने उनले बताए ।

कतारका राष्ट्र प्रमुखलाई नेपालको भ्रमण गराउने: डा. ढकाल

कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकालले कतारका राष्ट्र प्रमुख तामिम बिन हामद अल थानीलाई नेपालको भ्रमण गराउने तयारी गरेका छन् ।

कतार र नेपाल बिचको सम्बन्ध बलियो बनाउन भ्रमण आवश्यक रहेको राजदुत डा.ढकालले बताएका छन् । उनका अनुसार सम्भवत फिफा विश्वकप पछि भ्रमण हुन सक्नेछ ।

नेपाल र कतार बिचको सम्बन्ध ४५ बर्ष पुरानो हो । विगत ३० बर्ष देखि नेपाली कामदार रोजगारीका लागि कतार जान थालेका हुन् । तर, कतारका राष्ट्र प्रमुखले नेपालको भ्रमण नगरेको राजदुत डा.ढकालले बताए । त्यसैले दुतावासले यसका लागि बिशेष पहल गरेको उनको भनाई छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।