ताइवानी चीपमेकर कम्पनीले अमेरिकामा ४० अर्ब डलर लगानी गर्दै

0
Shares

ताइवानी चीपमेकर कम्पनी–ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरीङ कम्पनी (टीएसएमसी)ले अमेरिकाको अरिजोना प्रान्तमा ४० अर्ब डलर लगानी गर्ने भएको छ।

कम्पनीले प्राविधिक रुपले एड्भान्स चीपको निर्माणका लागि उक्त रकम लगानी गरेको हो । अमेरिकी इतिहासमा ताइवानी चीपमेकर कम्पनीले गरेको लगानी नै सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

टीएसएमसीले यस अघि चीप प्लान्टको निर्माणका लागि १२ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । विश्वव्यापी रुपमा चीपको माग बढ्दै गएपछि कम्पनीले उक्त लगानी बढाएर ४० अर्ब पु¥याएको हो ।

कम्पनीले अरिजोना प्रान्तमा बनाएको प्लान्टको उद्घाटन समारोहमा राष्ट्रपति जो बाइडेनले कम्पनीको लगानीलाई सराहना गर्दै, यसले चीप अभावको समस्या समाधान गर्ने बताएका छन् ।

अमेरिकाले चीप उत्पादनमा हुने लगानीलाई प्रवद्र्धन गर्नका लागि चिप्स एन्ड साइन्स ऐन अघि सारेको छ । यस ऐन अन्तर्गत कम्पनीहरुले चीप उत्पादनका लागि सस्तो ब्याजदरमा कर्जा लिन सक्ने छन् ।

कम्पनीले अरिजोना प्रान्तमा बनाएको प्लान्टको उद्घाटन समारोहमा राष्ट्रपति जो बाइडेनले कम्पनीको लगानीलाई सराहना गर्दै, यसले चीप अभावको समस्या समाधान गर्ने बताएका छन् ।

टीएसएमसीले अमेरिकाको फोनेक्स सहरमा आफ्नो पहिलो चीप प्लान्ट निर्माण गरेको थियो । दुई प्लान्टहरुबाट वार्षिक रुपमा ६ लाख वाफर्सको उत्पादन हुने र त्यसले अमेरिकामा चीपको मागलाई पूरा गर्ने नेशनल इकोनोमिक काउन्सिलका कार्यकारी सह–निर्देशक रोनी च्याटर्जीले बताएका छन् ।

सेमीकन्डक्टर चीप हामीले प्रयोग गर्ने स्मार्टफोन, कम्प्यूटर, कार, माइक्रोवेभ, स्वास्थ्य क्षेत्रका उपकरणहरुमा प्रयोग हुने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।