महालक्ष्मी लाइफको सिईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

0
Shares

महालक्ष्मी इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई आगामी ४ वर्षका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको मंसिर २३ गते बसेको बैठकले आगामी पुस १७ गतेदेखि लागू हुनेगरी भट्टराईलाई पुनः प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्ने निर्णय गरेको हो।

यसअघि भट्टराई २०७५ पुस १७ देखि ४ वर्ष अवधिको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।

वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन पुरा गरेका भट्टराई बीमा तथा बैकिङ क्षेत्रमा झण्डै ४० वर्षदेखि आबद्ध छन।

यस क्रममा भट्टराईले महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकमा २२ वर्षभन्दा बढी प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।