सनराइज बैंकको ग्राहकलाई विश्वज्योति सिनेप्लेक्समा हरेक दुई टिकटको खरिदमा एक टिकट निःशुल्क

0
Shares

सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरी सनराइज बैंकको ग्राहकलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ ।

पुस १ २०७९ देखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा समावेश हुनको लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड वा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । सनराइज बैंकले केहि वर्ष अगाडी पनि क्यूएफएक्स सिनेमास्को २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो ।

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरु दिदैं आएको छ । यस अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने लाभले अझै बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ ।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सन्राइज बैंकले विभिन्न व्यापारिक प्रतिष्ठानहरु, होटल, अस्पताल लगायतको क्षेत्रसँग समन्वय गरी विभिन्न किसिमका छुट योजना, क्यास ब्याक योजना लगायतका अन्य आकर्षक योजना ल्याउँदै आएको छ । यस किसिमका योजनाहरुले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई लाभान्वित बनाउने आशा बैंकले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।