प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन

0
Shares

प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको छ। नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले लाभांश संशोधन गरेको हो।

कम्पनीले यस अघि घोषणा गरेको लाभांश परिमार्जन गर्दै अब चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

यसअघि सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरी स्वीकृतिका लागि बीमा प्राधिकरण पठाएको थियो।

बीमा प्राधिकरणले १४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने सःसर्त स्वीकृति प्रदान गरेको छ ।

प्रिमियर इन्स्योरेन्सले यही पुस २९ गते आफ्नो २९ औं वार्षिक साधारण सभाबाट डाकेको छ। सोही सभाबाट लाभांश पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।