बैंकर्स संघले आगामी पुस २७ गते नयाँ नेतृत्व पाउँदै

0
Shares

नेपाल बैंकर्स संघले आगामी पुस २७ गते नयाँ नेतृत्व पाउने भएको छ । कृषि विकास बैंकका प्रमूख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको कार्याअवधि सकिएपछि संघको अध्यक्ष पद रिक्त भएपछि विशेष साधारण सभा मार्फत नयाँ नेतृत्व चयन हुने भएको हो ।

सोमबार सम्पन्न संघको कार्याकारीणी समितिले पुस २७ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको छ । सो अवधिसम्मका लागि संघको कार्यावाहक अध्यक्षको रुपमा उपाध्यक्ष तथा एनमएबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई जिम्मेवारी दिइएको छ ।

बैंकर्स संघ प्रमुख कार्यकारी व्यक्ति भन्दा पनि संस्थाको प्रतिधित्व भएको संस्था हो । त्यसैले बैंकका प्रमुख कार्यकारी अधिकृतले प्रतिनिधित्व गर्ने व्यक्तिको कार्यअवधि सकिएपछि स्वत संघको पदबाट पनि बाहिरिन्छन् । सोही अनुसार संघको अध्यक्ष रहेका कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंक छोडेपछि संघको नेतृत्व पनि खाली भएको हो ।

केसीलाई औपचारिक रुपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए । “संघको नयाँ अध्यक्ष नआउँदासम्मका लागि उपाध्यक्षले नेतृत्व गर्ने निर्णय भएको हो,” शर्माले भने, “अध्यक्षका लागि पुस २७ गते संघले विशेष साधारण सभा मार्फत नेतृत्व चयन गर्ने निर्णय भएको छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।