आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्र समन्वय गर्न तयार

0
Shares

आर्थिक विकासका लागि आवश्यक समन्वय गर्न बैंकिङ क्षेत्र तयार भएको बैंकर संघका कार्यबाहक अध्यक्ष सुनिल केसीले बताएका छन।

बुधबार नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसंगको भेटमा केसीले आर्थिक विकासका लागि समन्वय गर्न आफुहरु प्रतिवद्ध रहेको बताएका हुन्।

बैंकर्स संघका कार्यकारीणी समितिको टोलिले अर्थमन्त्रीलाई भेट्ने क्रममा वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्र पूर्णरुपमा सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका हुन् । संघको टोलिले अर्थमन्त्रीलाई मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना प्रदान गरेको संघले जनाएको छ ।

उद्योगीहरु बैंकिङ क्षेत्रको उच्च ब्याजदर तथा सेवा शुःल्कले व्यवसाय सञ्चालन गर्न समेत ग्राहो भयो भन्दै गुनासो गर्न पुगेको अवस्थामा संघले भने बधाई मात्र दिएर फर्केको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।