एनसीएचएललाई कर्पोरेट एक्सिलेन्स अवार्ड

0
Shares

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई ‘अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२२’ प्रदान गरिएको छ ।

कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै अवार्ड कार्यक्रम अन्तर्गत एनसीएचएल फिनटेक विधामा उत्कृष्ट ठहरिएको हो । बिहीबार राजधानीमा आयोजित एक समारोहमा एनसीएचएललाई यो अवार्डले सम्मानित गरियो ।

डिजिटल रुपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा पुर्‍याएको योगदान तथा यसका निम्ति संस्थागत रुपमा एनसीएचएलले अपनाएका परिणाममुखी अभ्यासहरुको सम्मानस्वरुप अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग , अन्तरबैंक विद्युतीय भुक्तानी, कनेक्ट आईपीएस, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई), कर्पोरेट पे, रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्यूआर लगायतका राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरिरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।