सीमा भन्दा धेरै चालु पुँजी कर्जा आवधिकमा परिणत हुने, ५ किस्तामा भुक्तानी गर्नुपर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै तोकिएको सीमा भन्दा धेरै भएको खण्डमा आवधिक कर्जामा परिणत हुने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले मार्गदर्शन कार्यान्वयनका लागि देखिएका जटिलतालाई सम्बोधन गर्दै उक्त संशोधन गरेको हो ।

केन्द्रीय बैंकले मार्गदर्शन लागु भएपछि पनि तोकिएको सीमा भन्दा माथि रहेको खण्डमा त्यस्तो कर्जालाई आवधिक कर्जामा परिणत गर्नु पर्ने व्यवस्था गरेको राष्ट्र बैंकका निर्देशक किरण पण्डितले जानकारी दिए । “सीमा भन्दा धेरै रहेको चालु पुँजी कर्जाको भूक्तानी ५ किस्तामा भुक्तानी गर्नुपर्ने व्यवस्था गरीएको छ,” उनले भने,“यस्तो कर्जाको पुनरसंरचना र पुनरतालिकिकरण हुदैन ।”

संशोधित व्यवस्था अनुसार एक करोड भन्दा तलको चालु पुँजी कर्जाको हकमा मार्गदर्शन लागु नहुने व्यवस्था गरेको छ । त्यसैगरी २ करोड भन्दा माथिका कर्जाको हकमा मागर्दशन लागु हुने व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।

केन्द्रीय बैंकले मार्गदर्शनको कार्यान्वयनमा देखिएका जटिलता र दुविधालाई स्पष्ट पार्न संशाधन गरेको जनाएको छ । संशोधनमा केन्द्रीय बैंकले समय सीमा र कर्जा सीमालाई मात्र चलाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।