ओटिपीको मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणाली प्रयोग गर्न टेलिकमको आग्रह

0
Shares

नेपाल टेलिकमले मोबाइल नम्बरको प्रयोग गरी आर्थिक कारोबार गर्दा वान टाइम पासपोर्ट (ओटिपी) को मात्रै भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणाली प्रयोग गर्न अनुरोध गरेको छ ।

हालको अवस्थामा सिमकार्डको प्रयोग कुराकानी गर्न, सन्देश पठाउन र इन्टरनेट चलाउन मात्र नभई राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ कारोबार, शेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जालमा प्रयोग हुँदै आएको छ ।

अरुको नाममा रजिष्टर भएको सिमकार्ड प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिङ कारोबार र अन्य कतिपय महत्वपूर्ण व्यक्तिगत सामग्रीहरु असम्बन्धित व्यक्तिको पहुँचमा पुग्ने जोखिम बढेको छ ।

सोहि प्रकारका जोखिमहरुको न्यूनिकरणका लागि नेपाल टेलिकमले ग्राहकहरुलाई आफ्नै नाममा रजिष्टर भएको सिमकार्ड प्रयोग गर्न भनेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।