आर्थिक मन्दीलाई कारण देखाउँदै अमेजनले गर्यो १८ हजार कर्मचारी कटौती

0
Shares

बहुराष्ट्रिय इ–कमर्श कम्पनी अमेजनले आर्थिक मन्दीको समस्या देखाउँदै १८ हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संक्रमण र त्यसअघिका वर्षहरुमा कम्पनीले ठूलो सङ्ख्यामा मानिसहरुलाई भर्ना गरेको थियो । कोरोना महामारीको समयमा अमेजनले विभिन्न किसिमका सुविधाहरु अनलाइन माध्यम मार्फत दिइरहेको थियो । बढ्दो मागलाई सम्बोधन गर्न कर्मचारी सङ्ख्या वृद्धि गरेको अमेजनले यतिबेला ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी निर्देशक ज्याक डोर्सीले एक विज्ञप्ति जारी गर्दै कर्मचारी कटौतीको घोषणा गरेका थिए । यस अघि सन् २०२२को नोभेम्बर महिनामा कम्पनीले १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । नोभेम्बर र यो महिनाको गरी कुल १८ हजार कर्मचारी कटौती गर्ने डोर्सीले जनाएका छन् ।

हाल अमेजनमा १४ लाख ६८ हजार मानिसहरु आवद्ध रहेका छन् । सन् २०२३मा कम्पनीले १० प्रतिशतले कर्मचारी कटौती गर्ने जनाएको छ । सन् २०२२ आइटि कम्पनीहरुका लागि दुखद रहेको थियो । सो वर्षमा मात्रै अमेजनले ८३४.०६ अर्ब बराबरको बजार पुँजीकरण गुमाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।