ज्योति विकास बैंकको लाभांश घोषणा

0
Shares

ज्योति विकास बैंकले गत आर्थिक वर्षको वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

पुस २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ६.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८६ रुपैयाँ छ । जस अनुसार ६.८० प्रतिशतका दरले हुन आउने २९ करोड २ लाख ७ हजार २२४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैंकले सोमध्ये ३ प्रतिशत बोनस सेयर रहेको छ भने ३.८० प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रस्तावित बोनस सबतरण पश्चात चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।