सिभिलको लाभांश पारित, हिमालयन बैंकमा माघ महिना भित्रै विलय हुने

0
Shares

सिभिल बैंक (CBL) को बाह्रौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

पौष २८ गते बिहिबार कालिकास्थान स्थित अमृतभोग बैंक्वेटमा सम्पन्न साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिमको लाभांश पारित गर्नुका साथै हिमालयन बैंकसँग १००ः ८०.२८ सेयर स्वाप अनुपात कायम गरी प्राप्ती कार्यलाई अन्तिम स्वीकृति समेत प्रदान गरेको छ ।

साथै सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ती –एक्विजिशन) गर्ने सम्बन्धमा भएको सम्पत्ती तथा दायित्वको मूल्याङ्कनकर्ताको नियुक्ती र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारीपत्र, तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पूर्ण काम कार्यवाहीलाई अनुमोदन गरेको छ ।

यसै प्रसङ्गमा सिभिल बैंकको प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट स्वीकृति लिने÷अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पूँजी संरचना वा प्रबन्धपत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तीयारी प्रदान गरेको बैंकले जनाएको छ ।

साथै सभाले आ.व. २०७९/८० को लेखापरिक्षण गर्नको लागि “एस राई एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा नियुक्त गरेको छ । साधरण सभामा बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले राष्ट्र बैंकको अन्तिम स्वीकृती पश्चात दुवै बैंकको एकीकृत कारोवार २०७९ माघ भित्र गरिने योजना रहेको बताए ।

करिव ८ लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु तथा १०२ एटिएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८६ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।