एशियाली सेयर बजारमा हरियाली

0
Shares

चीनमा औद्योगिक तथा व्यापारिक गतिविधिहरु बढ्दै गएपछि एशियाली सेयर बजारमा हरियाली छाएको छ ।

लामो समयसम्म लकडाउनमा रहेका औद्योगिक सहरहरुमा औद्योगिक गतिविधिले निरन्तरता पाएपछि त्यसको सकरात्मक प्रभाव सेयर बजारमा समेत परेको हो ।

आज जापान बाहिरका एशिया प्यासिफिक राष्ट्रहरुको बृहत सेयरसूचांक एमएससीआई ०.९ प्रतिशतले बढेको छ । यस्तै चिनियाँ ब्लुचीप सूचांक सन् २०२२को जुलाई महिना यताकै उच्च २ प्रतिशतले बढेको छ ।

भारतीय सेयरसूचांक सेन्सेक्स ०.२३ प्रतिशतले बढेको छ । युरोस्टक्स ५० फ्युचर्स ०.६ प्रतिशत, एफटीएसई फ्युचर्स, एस एन्ड पी५०० सूचांक र नास्डाक् सूचांक क्रमश ०.१ प्रतिशतले बढेको छ ।

जापानको सेयरसूचांक निकेई भने आज १.३ प्रतिशतले घटेको छ । जापानले विस्तारित मौद्रिक नीति परिवर्तनका लागि आकस्मिक बैठक बस्ने निर्णय गरेसँगै त्यसको नकरात्मक प्रभाव जापानी सेयरबजारमा परेको हो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र पुनरुत्थानको बाटोमा लागेसँगै अन्तराष्ट्रिय बजारमा युवान बलियो देखिएको छ । आज एक डलर बराबर ६.७० युवानमा कारोबार भइरहेको छ ।

यस्तै आज एक डलर बराबर १३०.४३ नेपाली रुपैयाँमा विनिमय भइरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।