मागमा कमी आएपछि मूल्य घटाएर बिक्री गर्दै टेस्ला

0
Shares

बेलायत र अमेरिकामा टेस्लाका कारहरुको मागमा कमी आएपछि कम्पनीले मूल्य घटाएर कारहरुको बिक्री गर्ने भएको छ ।

कम्पनीले बेलायतमा बिक्री हुने मोडलहरुमा १०–१३ प्रतिशत र अमेरिकामा बिक्री हुने मोडलमा २० प्रतिशत छुट दिने भएको हो ।

बेलायती कार खरिदकर्ताहरुले मोडल ३को गाडीमा ५ हजार ५०० पाउन्ड स्ट्रलिङ र मोडल वाईको कारहरुमा ७ हजार पाउन्ड स्ट्रलिङ सम्मको छुट पाउनेछन् ।

टेस्लाको यस निर्णयले कतिपय मानिसहरु आक्रोशित भएका छन् भने कतिपय मानिसहरु खुशी भएका छन् । फेसबूकमा पोस्ट गर्दै एक खरिदकर्ताले आफूले कार किनेको केही घन्टा पछाडि टेस्लाले उक्त स्कीम लन्च गरेको र आफूले ५ हजार पाउन्ड स्ट्रलीङ गुमाउनु परेको बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।