धरासायी अवस्थामा पुगेको क्रिप्टोकरेन्सीको बढ्न थाल्यो मूल्य

0
Shares

सन् २०२३ को सुरुवातमा नै क्रिप्टोकरेन्सी– बिटकोइनको मूल्य २६ प्रतिशतले बढेको छ ।

१ बिटकोइन बराबर १६ हजार अमेरिकी डलर सम्म खस्किएको बिटकोइनको मूल्य अहिले २१ हजार माथि पुगेको छ । बिटकोइनका साथसाथै इथेरियमको मूल्य सन् २०२३ को सुरुवातमा नै २९ प्रतिशतले बढेको छ ।

बिटकोइन, इथर, डोगीकोइन लगायतका अन्य क्रिप्टोकरेन्सीको मूल्यमा वृद्धि भएसागै कुल क्रिप्टोकरेन्सीको पुँजीकरण १ ट्रिलियन अमेरिकी डलर पुगेको कोइनजेको संस्थाले जनाएको छ ।

क्रिप्टोकरेन्सी लगानीकर्ताहरुका लागि सन् २०२२ दुखद सावित भएता पनि सन् २०२३ मा लगानीकर्ताहरु उत्साहित देखिएका छन् ।

अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले आक्रामक शैलीमा ब्याजदर बढाउँदा क्रिप्टोकरेन्सी धरासायी अवस्थामा पुगेको थियो । तथापि मुद्रास्फीति दरमा कमी आउँदै जाँदा केन्द्रीय बैंकले ब्याजदर सुस्त गतिमा बढाउने आकलन लगानीकर्ताहरुले गरेसँगै क्रिप्टो करेन्सीको मूल्य बढ्न थालेको छ ।

क्रिप्टो करेन्सीको मूल्य बढेता पनि उक्त वृद्धि अस्थायी रहन सक्ने विश्लेषकहरुले बताएका छन् । विश्व अर्थतन्त्र मन्दी उन्मुख भइरहेको अवस्थामा क्रिप्टोकरेन्सीको मूल्य पहिले कै गतिमा बढेको यकीन गर्न नसकिने विज्ञहरुको बुझाइ रहेको छ ।

आज १ बिटकोइनको मूल्य २१ हजार १८१ अमेरिकी डलर अर्थात् २७ लाख ७१ हजार नेपाली रुपैयाँ रहेको छ । यस्तै आज १ इथरको मूल्य १ हजार ५६५ डलर अर्थात् २ लाख ४ हजार नेपाली रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।