दश बुँदे घोषणापत्र जारी गर्दै एसएमईज सम्मेलन सम्पन्न, नीतिगत सुधारका लागि निरन्तर पहल पैरवी गरिने

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले पहिलो पटक काठमाडौंमा आयोजना गरेको लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन २०७९ दश वुंदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

महिला उद्यमी लगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ ।

सम्मेलनका दौरान यस क्षेत्रका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तिय पहुंच, बजार प्रवद्र्धन, निर्यात प्रवद्र्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुंदा पर्ने प्रभाव लगायतका विषयहरुमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुुती तथा सामूहिक छलफल भएको थियो ।

सम्मेलनको प्राविधिक पहिलो शत्रमा ठूला तथा साना उद्योग बीच व्यवसायिक सम्बन्ध, दोस्रो सत्र वित्तिय पहुंच, तेस्रो सत्र वस्तु बजारीकरण, निर्यात, अति कम विकसित मुलुकबाट स्तरोन्नती, युवा उद्यमशीलता विषयमा सामूहिक छलफल गरिएको थियो ।

सम्मेलनबाट एमएसएमई उद्योग प्रवद्र्धन गर्न बनेका नीति, ऐन, नियम एवं कार्यविधिमा भएका व्यवस्थाहरुबारे सहभागीले जानकारी प्राप्त गराइएको थियो । सम्मेलन एमएसएमई क्षेत्रले सामना गर्नुपरेका समस्या पहिचान गर्दै सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि पहल गर्न सहयोगी हुने अपेक्षा गरिएको छ ।

महासंघको घरेलु तथा साना उद्योग समिति र महिला उद्यमी विकास समितिका अग्रसरतामा आयोजना गरिने उक्त कार्यक्रममा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नेपाल सरकारका प्रतिनिधिहरु, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमी लगायतका सरोकारवाला निकायका करिब ३०० जना प्रतिनिधिहरुको सहभागीता रहको थियो ।

सम्मेलनको दश बुँदे घोषणापत्र

१. नेपाल उद्योग वाणिज्य महासंघले हरेक दुई वर्षमा केन्द्रमा र हरेक वर्ष प्रदेश तहमा लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन आयोजना गर्नेछ ।

२. नेपाल उद्योग वाणिज्य महासंघले २०७७ चैत्रमा सार्वजनिक गरेको राष्टिय आर्थिक रुपान्तरण २०३० मा औल्याइएका लघु, घरेलु, साना एवं मझौला उद्यम लक्षित कार्यक्रमहरु निरन्तर कार्यान्वयन गर्दै जानेछ ।

३. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच २०७९ साउनमा भएको समझदारी अनुरुप लघु, घरेलु, साना एवं मझौला उद्यमको प्रवद्र्धनका लागि निरन्तर सहकार्य गर्नेछ ।

४. नेपाल उद्योग वाणिज्य महासंघमा स्थापना भएको लघु, घरेलु, साना एवं मझौला उद्यम सहायता केन्द्र मार्पmत उद्यमीहरुलाई निरन्तर आवश्यक सेवा प्रदान गर्नेछ ।

५. लघु घरेलु साना तथा मझौला उद्यमीका उत्पादनलाई देशभित्रै संचालित ठूला उद्योगसंग जोडन निरन्तर पहल र पैरवी रहनेछ । स्वेदशी कच्चा पदार्थको उत्पादन बढाउन पहल गरिनेछ ।

६. लघु, घरेलु, साना एवं मझौला उद्यमलाई वित्तिय सेवामा सहज पहुच दिलाउन महासंघले सरकार एवं नेपाल राष्ट बैंकसंग सहकार्य गर्नेछ । परियोजना कर्जा सहज रुपमा प्रदान हुने गरि नीति निर्माण गरि कार्यान्वयनमा लान पहल गरिनेछ ।

७. सन् २०२६ मा नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुन गैरहेको सन्दर्भमा यसबाट लघु, घरेलु, साना एवं मझौला उद्यममा पर्न सक्ने प्रभाव न्युनिकरणका लागि सरकारसंगको सहकार्यमा रणनीति तयार पारिनेछ । साथै निर्यात प्रवद्र्धनमा कार्यमा सहयोग गरिनेछ ।

८. लघु, घरेलु, साना एवं मझौला उद्यमका उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि महासंघले सरकारसंग निरन्तर पहल पैरवी गर्नेछ । यसका साथै बजारीकरणको लागि डिजिटल प्रविधिको प्रयोग गर्दै लगिनेछ ।. लघु, घरेलु, साना एवं मझौला उद्यमको प्याकेजिंग एवं ब्रान्डिगका लागि महासंघले राष्टिय अन्तराष्टिय क्षेत्रमा सहकार्य र समन्वय गर्नेछ ।

९. महासंघको समेत पहलमा बनेको स्टार्ट अप नीति तत्काल कार्यान्वयन गर्न सरकारसंग सहकार्य गरिनेछ । सबै प्रदेशमा स्टार्ट अप इन्कुवेसन केन्द्र स्थापना गर्न केन्द्र र प्रदेश सरकारसंग सहकार्य गरिनेछ ।

१०. सरकारी तहमा स्वदेशी उत्पादनको खपत बढाउन ल्याइएका नीति नियमको कार्यान्वयन गर्न र नया नीतिगत व्यवस्था गर्न सरकार र निजी क्षेत्रको निरन्तर सहकार्य गरिनेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।