सुमेरु सेक्युरिटिजले निःशुल्क सेयर सचेतना कार्यक्रम सञ्चालन गर्ने

0
Shares

सुमेरु सेक्युरिटिज र आईएएफएस बिच बुधबार निःशुल्क सेयर सचेतना कार्यक्रम सञ्चालनका लागि सहकार्यको सम्झौता भएको छ।

स्टक ब्रोकर नं. ३९ सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवाल र आईएएफएसका प्रबन्ध निर्देशक सुमन गौतमले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै हरेक साताको शुक्रबार लगानीकर्ताहरुलाई निःशुल्क सेयर शिक्षा तथा सेयर सचेतनाको कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने सहमति गरेका हुन्।

कार्यक्रममा बोल्दै सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवालले यस प्रशिक्षण कार्यक्रम लगानीकर्ताहरुको लगानी सचेतनाको वृद्धिमा मद्दत मिल्ने बताए। यस्ता कार्यक्रमले बजारमा लगानी गर्दा हुने जोखिम न्यूनीकरण गर्न लगानीकर्तालाई सजक हुने विश्वास अग्रवालले लिएका छन्।

आईएएफएसले आधारभुत विश्लेषण, प्राविधिक विश्लेषण, लगानी विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन र स्मार्ट इस्भेस्टर जस्ता पाठ्यक्रम पस्कने आईएएफएसका प्रबन्ध निर्देशक सुमन गौतमले बताए।

असाइनमेन्ट आधारित शिक्षा दिने बताएको आईएएफएसले तालिम लिने विद्यार्थी र लगानीकर्ताहरुलाई कक्षाकोठा सत्र, लाइभ ट्रेडिङ्ग अभ्यासहरू, अनलाइन सपोर्ट र विशेषज्ञ परामर्श दिने तयारी गरेको छ।

आईएएफएसले सरस्वती पूजाको अवसर पारेर माघ १२ गते आफ्नो कार्यालय उट्घाटन गरेको थियो। काठमाण्डौको ज्ञानेश्वरस्थित ज्ञानेश्वर टावर (सुमेरु सेक्युरिटिज रहेको भवन) को चौथौ तल्लाको कार्यालयको उद्घाटन सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले गरेका थिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।