एनएमबी लघुवित्तको किसान श्रृंखला कर्जाहरु सार्वजनिक

0
Shares

एनएमबी लघुबित्त वित्तीय संस्थाले किसान श्रृंखला कर्जाहरु सार्वजनिक गरेको छ ।

लघुवित्तले कृषकहरुको सबै आवश्यकता सम्वोधन हुने गरी किसान श्रृंखला कर्जाहरु सार्वजनिक गरेको जनाएको छ ।

लघुवित्तले सम्पत्ति शुद्धिकरण निवारण लगायत कर्मचारीको क्षमता अभिबृद्घिका लागि पोखरामा आयोजित कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आनन्द पाण्डेले लघुवित्तबाट कर्जा लिएकै कारण कृषकहरु थप गरिब हुन नहुने नारा सहित किसान श्रृंखला अन्तरगत विभिन्न कर्जाहरु ल्याइएको बताए ।

नाफा मुलक परियोजनाको पहिचान गरि लगानीलाई पूर्ण सदुपयोग गरेको खण्डमा कृषकको आयस्तर बढ्नुका साथै कर्जा भुक्तानीमा कहिले समस्या नआउने उनको भनाई थियो । संस्थाले प्रत्येक कर्जालाई बीमाको माध्यमबाट थप सुरक्षित बनाउने योजना रहेको छ ।

संस्थाका प्रमुख व्यवसाय अधिकृत कमल पोखरेलले कृषकको आत्मा सम्मान सुनिश्चीत गरी परियोजनालाई सफलता पुर्वक कार्यान्वयन हुने गरि किसान आत्मनिर्भर कर्जा, पूर्ण रुपमा कृषिमै आधारित आयमा निर्भर भए पनि पर्याप्त कृषि योग्य जग्गा नभएको कारण ज्याला मज्दुरी गर्न बाध्य रहेका किसानहरुलाई खेतियोग्य जग्गा खरिद गर्न किसान स्वाभिमान कर्जा साथै कृषि पूर्वाधार निर्माण, वातावरण संरक्षण, आकस्मिक पैंचो गरी संस्थाले यो श्रृंखला अन्तरगत पाँचवटा कर्जाहरु प्रोडक्टहरु ल्याएको जानकारी दिए।

आगामी १५ दिन भित्र संस्थाका सबै कर्मचारीहरुलाई यस श्रृंखला अन्तरगतका कर्जाहरुको तालिम सम्पन्न गरि यो योजना पूर्ण रुपमा लागु गर्ने संस्थाले लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।