स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा लगानीको अवसर, कति पाइन्छ ब्याज ?

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले माघ २६ गतेदेखि २ अर्ब ४० करोड रुपैयाँ बराबरको प्रतिइकाइ १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गरेको छ ।

बैंकले वार्षिक साढे दश प्रतिशत ब्याजदरमा २ अर्ब ४० करोड रुपैयाँ बराबरको ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गरेको हो । उक्त ऋणपत्रको अवधिमा पाँच वर्षको हुनेछ ।

बैंकले दुई अर्ब ४० करोड रुपैयाँ बराबरको कुल एक हजार रुपैयाँ अंकित मूल्यका २४ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको छ । जसमध्ये सोमध्ये ४० प्रतिशत अर्थात ९६ करोड रुपैयाँ बराबरको ९ लाख ६० हजार कित्ता ९ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि समेत० सेयर सर्वसाधारणमा जारी हुनेछ ।

बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १४ लाख ४० हजार कित्ता इकाई भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

ऋणपत्रमा लगानी गर्नेले वार्षिक साढे १० प्रतिशत ब्याजदर पाउनेछन् । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ ।

सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्कासन छिटोमा फागुन १ गते बन्द हुनेछ । त्यस अवधिमा माग अनुसार पर्याप्त आवेदन नपरेले ढिलोमा फागुन ११ गते बन्द हुनेछ।

उक्त ऋणपत्र बिक्री गर्न बैंकले मंसिर २९ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ । ऋणपत्र मार्फत संकलित रकम शतप्रतिशतसम्म लगानी गर्न पाउने सुविधा राष्ट्र बैंकले दिएको छ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।