त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित


सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख (महाप्रबन्धक) प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ ।

थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग ठाकुरले रकम मागको श्रब्य (अडियो) सामग्री सार्वजनिक भएसँगै सरकारले उनलाई निलम्बन गरेको हो । उक्त अडियो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्म सामाग्री पुगेको थियो । ठाकुर विगत २ वर्षदेखि विमानस्थल प्रमुखको रुपमा कार्यरत थिए ।

मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसीले मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बनको पत्र पठाएको जानकारी दिए । सो विवादास्पद प्रकरणको सत्यतथ्य पत्ता लगाउनका लागि महाप्रबन्धक ठाकुरमाथि मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान थाल्ने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ माघ २०७९, शनिबार १२ : ०० बजे