स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा फागुन ८ गतेसम्म आवेदन दिने सकिने

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘१०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ मा फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

बैंकको ऋणपत्र छिटो अवधिमा सबै बिक्री नभएपछि एक साताका लागि म्याद थप गरिएको हो ।  बैंकले २ अर्ब ४० करोड रुपैयाँबराबरको प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गरेको हो । त्यसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ४० करोडले हुन आउने १४ लाख ४० हजार कित्ता व्यक्तिगत तबरबाट बाँडफाँड हुनेछ ।

बैंकले ९६ करोड बराबरले हुन आउने ९ लाख ६० हजार कित्ता (४८ हजार कित्ता इकाई सामूहिक लागनी कोषको लागि) ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। पाँच वर्ष अवधिका लागि जारी सो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.३० प्रतिशत पाउनेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।