ङादी ग्रुप पावरको साधारण सभा आह्वान, ८ करोड ८३ लाख लाभांश अनुमोदन हुने

0
Shares

ङादी ग्रुप पावर लिमिटेडको साधारण सभा आह्वान भएको छ । कम्पनीले फागुन २५ गते नवौं वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ८ करोड ८३ लाख ६६ हजार ५५० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभाले सञ्चालक समिति बैठकले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ४.७५ प्रतिशत (८ करोड ३९ लाख ४८ हजार २२३ रुपैयाँ) बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत (४४ लाख १८ हजार ३२७ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै सभा मार्फत संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ गरी कुल ६ जना सञ्चालक निर्वाच हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने भएको छ । यसअनुसार फागुन ८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।