आइएमई पे पनि अब एनपिएसमा आबद्ध

0
Shares

आइएमई डिजिटल सलुसन (आइएमई पे) आइएमई पेले नेपाल क्लियरिङ हाउस (एनसिएचएल) सँग सम्झौता गरेर नेसनल पेमेन्ट स्वीच (एनपिएस) मा आबद्ध भएको छ।

सम्झौता पत्रमा आइएमई पेका सिइओ प्रविन रेग्मी र एनसिएचएलका सिइओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

सम्झौतासँगै अब आइएमई पेका प्रयोगकर्ताहरुले एनसीएचएलको नेपाल पे क्यूआर, नेपाल पे इन्स्ट्यान्ट, नेपाल पे रिक्वेस्ट ९टोकनाइजेसन र बिलर गेटवेसहित० लगायतका सेवा पाउने बताइएको छ।

अब आइएमई पेका प्रयोगकर्ताहरूले नेसनल पेमेन्ट स्वीचअन्तर्गत एकाउन्ट टोकनाइजेसनको फिचर प्रयोग गर्न पाउने एनसीएचएलको भनाइ छ।

यसबाट आइएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन्।

यस्तै, एनसिएचएलको बिलर गेटवे पनि चल्ने भएपछि रिटेल पेमेन्ट स्वीचमा रहेका सेवामा पनि आइएमई पे प्रयोगकर्ताको पहुँच स्थापित भएको बताइएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।