बैंकको चर्को व्याजदर विरूद्ध बानेश्वरमा प्रदर्शन

0
Shares

बैंक तथा वित्तीय संस्थाहरूले लगाएको चर्को व्याजदरविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गरिएको छ ।

बैंकको व्याजदर एकल अंकमा झार्नुपर्ने लगायतका माग राख्दै नेपाल कोरोगेटेड बक्स उत्पादन संघको आयोजनामा शुक्रबार बानेश्वरमा प्रदर्शन भएको हो ।

चर्को व्याजदरका कारण व्यापार व्यवसाय चलाउने अवस्था नरहेको भन्दै व्यवसायीहरूले विरोध जनाएका हुन् ।

प्रदर्शनकारीहरूले बैंकको व्याजदर एकल अंकमा कायम गर, सम्पूर्ण उद्योगी व्यवसायी एक हौं, कर्जा सेवा शुल्क ०.२५ प्रतिशत भित्र कायम गर लगायत माग राखेर सांकेतिक आन्दोलन गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।