चिनियाँ लगानी बैंकका अध्यक्ष बेपत्ता भएपछि सेयर मूल्य ३० प्रतिशत घट्यो

चिनियाँ लगानी बैंकका अध्यक्ष बेपत्ता भएपछि सेयर मूल्य ३० प्रतिशत घट्यो

चिनियाँ इन्भेस्टमेन्ट बैंक (चाइना रिनासा) का अध्यक्ष तथा अर्बपति उद्योगी बाओ फ्यान बेपत्ता भएका छन् ।

बैंकका कार्यकारी निर्देशक समेत रहेका फ्यान चिनियाँ प्रविधि उद्योग क्षेत्रका एक प्रमुख व्यक्ति हुन् । उनले विभिन्न घरेलु इन्टरनेट नेटवर्क स्थापनाका लागि महत्वपूर्ण भूमिका खलेका छन् ।

चाइना रिनासाले हङकङ स्टक एक्सचेन्जलाई जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले बाओसँग सम्पर्क गर्न सकेको छैन ।’ उक्त वक्तव्यपछि कम्पनीको सेयर मूल्य ३० प्रतिशतसम्म घटेको छ ।

वित्तीय समाचार संस्था काइक्सिनका अनुसार ५२ वर्षीय उनले कम्पनीका प्रमुख सम्झौता गर्ने र प्रशासन हेर्ने जिम्मेवारी रहेको थियो । उनी बिहीबार साँझसम्म दुई दिनदेखि सम्पर्कविहीन भएका छन् ।

चाइना रिनासासँग एएफपीले गरेको अनुरोधमा कम्पनीका कुनै अधिकारी यसबारे तत्काल थप प्रतिक्रिया दिन उपलब्ध हुन सकेनन् । सन् २००५ मा स्थापना भएको यस समूहले प्रमुख ई–कमर्स फर्म ‘जेडी डट कम’सहित धेरै घरेलु इन्टरनेट सञ्चालकहरूको आईपीओको पर्यवेक्षण गरेको छ ।

बाओले सन् २०१५ मा प्रमुख राइड–हेलिंग फर्म दीदी र त्यस समयको यसको शीर्ष प्रतिस्पर्धी, कुइदी डाचेबीच मर्जरको सुविधा पनि प्रदान गरेको थियो ।

यसअघि, सन् २०१७ मा चिनियाँ मूलका क्यानेडियाली व्यापारी सियाओ जियानहुआलाई मुख्य भूमिका अधिकारीहरूले पक्राउ गरेका थिए र गत अगस्टमा भ्रष्टाचारको आरोपमा उनलाई १३ वर्षको जेल सजाय सुनाइएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग घनिष्ठ सम्बन्ध राख्ने भनिएका अर्बपतिलाई बेइजिङबाट सादा पोसाकका प्रहरी अधिकारीहरूले हङकङको होटलको कोठाबाट अपहरण गरेको बताइएको छ ।

पक्राउ पर्दा जियाओ चीनका सबैभन्दा धनी व्यक्तिमध्ये एक थिए, जसको अनुमानित सम्पत्ति छ अर्ब अमेरिकी डलर थियो ।

काइक्सिनका अनुसार चाइना रिनासाका अध्यक्ष कङ लिनलाई गत सेप्टेम्बरमा हिरासतमा लिइएको र अधिकारीहरूले सरकारी स्वामित्वको बैंक आईसीबीसीको वित्तीय पट्टा इकाईमा उनको कामको अनुसन्धान सुरु गरेका थिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ फागुन २०७९, शुक्रबार १६ : ५४ बजे