इजी मोबाइल केयरको ९९९ रुपैयाँमा मोबाइल डिस्प्ले टच फेर्ने अफर


इजी मोबाइल केयर प्रालिले ९९९ रुपैयाँमा मोबाइल डिस्प्ले टच फेर्ने सुविधा ल्याएको छ ।

बिगत लामो समयदेखी मोबाइल फोन मर्मत सम्बन्धित सेवा संचालन गर्दै आएको इजी मोबाइल केयर न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको छ ।

अफरमा चीन तथा कोरियामा निर्मित अत्याधुनिक मेसिन तथा प्रविधिको माध्यमवाट आईफोन, शाओमी, सामसङ, वान प्लस, ओप्पो, भिभो, रियलमी, इन्फिनिक्स, लगायत २६ भन्दा वढी ब्राण्डका ६०० भन्दा बढी मोडलका बिग्रिएका मोबाईलका एलसीडी टच फेर्न सकिनेछ ।

इजी मोबाईल केयरका संचालक संजीत पौडेलले नेपालमा नै पहिलो पटक यस्तो सेवा सुुरु गरिएको जानकारी दिए । डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य हुनुपरेका बेला बिग्रेको डिस्प्ले टच सस्तो मूल्यमा नै फेरिदिने अफर ल्याइएको पौडेलले बताए । यस्तो अफरबाट ग्राहकहरुको रकम बचत हुने भन्दै अनावश्यक झन्झट र दुख नहुने सन्चालक पौडेलको दाबी छ ।

उनले भने, “नेपालमा आजको दिनमा हरेक घरमा हरेक व्यक्तिसँग स्मार्टफोन छ र त्यसमध्ये पनि कसै न कसैको फोन डिस्प्ले फुटे पछि मर्मत नगरी दुखका साथ चलाईरहेको छ । डिस्प्ले टचको मर्मत गर्न अहिले कम्तिमा पनि २ हजार ५०० रुपैयाँभन्दा धेरै खर्च लाग्छ । तर मोबाइल प्रयोगकर्ताले उक्त फोन मर्मत नगरी चलाउने वा अर्को नयाँ फोन किन्ने गरेका छन् ।”

अफरमा ग्राहकलाई गुणस्तरीय सामान तथा सर्भिस उपलब्ध गराउने उद्देश्यले १०० दिनको ग्यारेन्टीका साथ ९९९ रुपैयाँमा नै डिस्प्लेको टच फेर्न सकिने पौडेलले जानकारी दिए ।

हाल कुनैपनि मर्मत सर्भिस सेन्टरले मर्मत पछिको सेवामा १०० दिनको वारेन्टीसमेत दिन नसकेको अवस्थामा कम्पनीको विश्वसनियता र हालसम्मको ब्राण्ड ख्यातिका कारण ग्यारेन्टी दिईएको पौडेलको भनाइ छ ।

इजी मोबाइल केयरले हाल यो सेवा काठमाडौंमा मात्र उपलब्ध गराउने र आगामी दिनमा देशभर रहेका आफ्ना सर्भिस सेन्टरबाट अफर सहितको सेवा दिनेछ । यसको लागि इजी मोबाइल केयरले कोरिया र चीनबाट थप अत्याधुनिक उपकरणहरु ल्याउन लागेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।