फेसबूकको प्यारेन्ट कम्पनी मेटाले पनि मासिक सब्सक्रिप्सन सुविधा सुरु गर्ने

0
Shares

फेसबूकको प्यारेनट कम्पनी मेटा प्लाटफर्मले “मेटा भेरिफाइड” नामक मासिक सब्सक्रिप्सन प्याकेज लन्च गरेको छ ।

सुरुवाती चरणमा मेटाले उक्त सुविधा अष्ट्रेलिया र न्युजिल्यान्डमा लन्च गरेको हो । “मेटा भेरिफाइड”का प्रयोगकर्ताहरुले वेभ भर्सनका लागि मासिक ११.९९ डलर र आइओएस र एन्ड्रोइड प्रयोगकर्ताहरुलाई १४.९९ डलर भुक्तानी गर्नुपर्ने छ ।

मेटा भेरिफाइड अकाउन्टहरुमा कन्टेनट क्रिएटरहरुले सरकारी परिचयपत्रको प्रयोग गरी आफ्नो आइडी भेरिफाइ गर्न सक्नेछन् । कन्टेनट क्रियटरहरुको बढ्दो सङ्ख्या र उनीहरुको कन्टेन्ट हेर्ने मानिसहरुलाई लक्षित गरी यो सुविधाको विस्तार गरेको मेटाले जनाएको छ । मेटा भेरिफइड अकाउन्टहरुले ब्लु ब्याज प्राप्त गर्ने छन् ।

मेटाले यो सुविधा इन्स्टाग्राम र फेसबूकमा लन्च गरेको छ । मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग भन्छन्, “मेटाले कन्टेन्ट क्रिएटरहरुलाई थप रचनात्मक तथा उनीहरुको सिर्जनामा निखार ल्याउनका लागि विभिन्न सेवा सुविधाहरुको विस्तार गर्ने छ ।”

यस अघि ट्वीटरले पनि मासिक ११ डलरमा ब्लुटिक प्राप्त गर्नसक्ने सुविधा विस्तार गरेको थियो । त्यसको केही महिनामा मेटाले पनि सब्सक्रिप्सनको अवधारणा ल्याएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।