स्ट्याण्डर्ड चार्टर्डको वार्षिक १०.३०% ब्याज पाइने ऋणपत्र किन्ने आज अन्तिम दिन

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र खरिदका लागि आवेदन दिने आज (फागुन ८ गते) सोमबार अन्तिम दिन रहेको छ । बैंकको ऋणपत्र छिटो अवधिमा सबै बिक्री नभएपछि एक साताका लागि म्याद थप गरिएको थियो । सो म्याद आज सकिन लागेको हो ।

बैंकले माघ २६ गतेदेखि २ अर्ब ४० करोड रुपैयाँ बराबरको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गरेको थियो । त्यसमध्ये बैंकले ९६ करोड बराबरले हुन आउने ९ लाख ६० हजार कित्ता (४८ हजार कित्ता इकाई सामूहिक लागनी कोषको लागि) ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । १ अर्ब ४० करोडले हुन आउने १४ लाख ४० हजार कित्ता इकाई भने बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट बैंकको ऋणपत्रमा न्यूनतम २५ देखि १ लाख कित्ता इकाईसम्म खरिद आवेदन दिन सक्नेछन् । पाँच वर्ष अवधिका लागि जारी सो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.३० प्रतिशत पाउनेछन् । 

रेटिङ एजेन्सी इक्रा नेपालले स्टान्डर्ड चार्टर्डलाई वित्तीय दायित्व वहन क्षमतामा सबैभन्दा कम जोखिम अर्थात् उच्च सुरक्षित रहेको आधार जनाउने ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल ए’ रेटिङ दिएको छ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।