मनकामना दर्शन प्रालीद्धारा शहिद लखन गाउँपालिकालाई ट्याक्टर हस्तान्तरण

0
Shares

मनकामना दर्शन प्रा.लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद लखन गाउँपालिकालाई विशेषत वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द ट्याक्टर हस्तान्तरण गरेको छ ।

हाइड्रोलिक ट्रेलर कुरिनटार स्थित अग्नी इनकर्पोरेटेड प्रा.लि.को अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई ट्याक्टर हस्तान्तरण गरेका हुन ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यहरुको लगायत यस प्रा.लि.का उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो । उक्त ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकरात्मक कार्य एवं सशक्त प्रभाव रहने कम्पनीको विश्वास छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।