आइतबार कालीमाटीमा तरकारीको भाउ कति छ ? ८ लाख किलो तरकारी भित्रियो


कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले काठमाण्डौं उपत्यकामा बिक्री विबतरण गर्नका लागि ८ लाख ३७ हजार २० किलो तरकारी तथा फलफूल भित्र्याएको छ । समितिले शनिबार देशका विभिन्न स्थानका साथै छिमेकी मुलुकबाट उल्लेखित परिमाणको तरकारी भित्रिएको भएको जनाएको हो ।

समितिका अनुसार सबैभन्दा धेरै १ लाख ८६ हजार ४९१ किलो रातो आलु भित्रिएको छ भने सबैभन्दा थोरै २०० किलो स्याउ भित्रिएको छ । ६०० किलो अंगुर भित्रिएको जनाएको समितिका अनुसार ४ हजार ७०० किलो अदुवा, १ हजार किलो अमला, स्थानिय काउली ४८ हजार २७० किलो भित्रिएको जनाएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबारका लागि प्रतिकिलो रातो आलुको भाउ २५ रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी सेतो आलु १७ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, अदुवा ८० रुपैयाँ प्रतिकिलोको दरमा किनबेच भईरहेको छ ।

प्रतिकिलो कागती २१० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँमा किनबेच भईरहेको बजारमा गाँजर २५ रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, तितो करेला १२० रुपैयाँ र तोरीको साग २० रुपैयाँको दरमा किनबेच भइरहेको छ ।

प्रतिकिलो सुकेको भारतीय प्याजको भाउ ३१ रुपैयाँ निर्धारण गरिएको जनाएको समितिका अनुसार हरियो प्याज ३० रुपैयाँ, पुदिना ३५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी १२० रुपैयाँ र हरियो धनियाँ ३० रुपैयाँ प्रतिकिलोको दरमा बिक्री बितरण भईरहेको छ ।

यसैगरी कालो अंगुर न्यूनतम मूल्य प्रतिकिलो १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी तरकारी बजारले निर्धारण गरेको उल्लेखित मूल्य बजारका अन्य स्थानमा फरक पर्न सक्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।