नेपाल एसबिआई बैंकको प्रधान कार्यालय स्थानान्तरण

0
Shares

नेपाल एसबिआई बैंकको प्रधान कार्यालय स्थानान्तरण भएको छ । बैंकले फागनु १७ गतेदेखि लागू ुनेगरी बैंकको प्रधान कार्यालय लैनचौरबाट कमलादीमा स्थानान्तरण गरेको जनाएको छ ।

विसं २०७९ फागुन १७ तदनुसार १ मार्च २०२३ देखि बैंकको रजिष्टर्ड (प्रधान) कार्यालय साविकको स्थानबाट बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नम्बर २८ कमलादीमा स्थानान्तरण भएको बैंकले जनाएको छ ।

यसअघि बैंकको बैंकको रजिष्टर्ड कार्यालय साविकको ठेगाना वाग्मती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नम्बर २९, लैनचौर काठमाण्डौंमा रहेको थियो ।

बैंकको पुस २५ गते सम्पन्न २९ औं वार्षिक साधारण सभाले साविकको ठेगानाबाट परिवर्तन गरी कमलादीमा कार्यालय राख्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गरी उक्त संशोधन तथा अभिलेख र नेपाल राष्ट्र बैंक एवं कम्पनी रजिष्ट्रारको कार्यालय बाट स्वीकृति पाएपछि बुधबारदेखि बैंकको रजिष्टर्ड (प्रधान) कार्यालय स्थानान्तरण भएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।