डेभलपमेण्ट बैंकर्स एशोसिएसमा नयाँ कार्यसमिति चयन हुने

0
Shares

डेभलपमेण्ट बैंकर्स एशोसिएसनमा नयाँ कार्यसमिति चयन हुने भएको छ ।

वर्तमान अध्यक्ष मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युमन पोखरेलको कार्यकाल सकिन लागेकाले संघले नयाँ नेतृत्व चयन गर्न लागेको हो । पोखरेलको २०७७ चैतमा अध्यक्ष नियुक्त भएका थिए ।

नयाँ कार्यसमिति चयन गर्न एशोसिएसनले चैत ३ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ । होटल मेघौली सराई ताज सफारी, चितवनमा चैत ३ गते शुक्रबार दिउँसो १ बजे सभा आह्वान गरिऐको छ ।

सभाले आगामी दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमितिका पदाधिकारीहरू चयन गर्नेछ । यस्तै विधान संशोधन गर्ने, गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै अन्य विविध प्रस्तावहरु समेत सभाले पारित गर्नेछ ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) को छाता संगठन हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।