स्ट्याण्डर्ड चार्टर्डको ऋणपत्र बाँडफाँड

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले जारी गरेको पाँच वर्षे अवधिको ऋणपत्र फागुन १७ गते बाँडफाँड गरिएको हो ।

बैंकले वार्षिक १०.३० प्रतिशत ब्याजदरमा कुल २ अर्ब ४० करोड मूल्य बराबरको २४ लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको थियो । सो ऋणपत्र माघ २६ गतेदेखि फागुन ८ गतेसम्म बिक्री खुला गरिएको थियो ।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका २४ लाख कित्ता इकाई ऋणपत्र बिक्रीमा ल्याएकोमा ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरेको थियो । ४० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता ऋणपत्रमध्ये ४८ हजार कित्ता सामूहिक लगानीकोष र बाँकी सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।

बैंकको ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।