महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

0
Shares

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय, टेकु, काठमाडौंलाई सहयोग प्रदान गरेको छ।

बैंकको केन्द्रिय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ्ग बोर्ड, सामाजिक जनचेतनामुलक पुस्तिका, आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर र मास्क हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ ।

मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालिन समयमा प्रहरी चेकिङ्ग गर्न सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो ।

सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र, नक्सालका अध्यक्ष नरेन्द« बहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाँउका बरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैैंकका निक्षेप बजारिकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरे ।

त्यसैगरि बैंकको शंखमुल शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, टेकुलाई फ्लोरेशन ज्याकेट हस्तान्तरण गरेको छ । रात्रिकालिन समयमा सडकमा खटिएका प्रहरीहरुको जोखिम व्यवस्थापनमा सहयोग पु¥याउनका लागि बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, टेकुका प्रहरी उपरिक्षक सिताराम रिजाललाई शंखमुल शाखाका प्रमुख पुण्य श्रेष्ठले उक्त सामाग्री हस्तान्तरण गरेका हुन। आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैैकले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।