प्रभु इन्स्योरेन्सको लाभांश पारित

0
Shares

प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ ।

फाल्गुण २३ गते मंगलबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदनका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश सेयर तथा कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरि जम्मा ७.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गरेको हो।

बार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुंदै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनीले व्यवसाय बृद्धिसंगै संस्थागत सुशासन, आन्तरीक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्रमा बीमा क्षेत्रमा देखिने जोखिमलाई व्यवस्थापन तथा न्यूनीकरण गर्ने तर्फ बिशेष ध्यान दिई कार्य अगाडी बढाईरहेको बताए ।

कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत समाजसंग प्रत्यक्ष जोडिएर काम गर्ने र समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवद्र्धन तथा उत्थानमा अग्रसर हुने नितिलाई प्राथमिकतामा राखी बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको र यसलाई भविश्यमा पनि निरन्तरता दिइने उनले बताए ।

ग्राहकको सन्तुष्टी नै कम्पनीको सफलता हो भन्ने कुरालाई मनन् गर्दै बीमा सेवालाई सबल तथा आधुनिकीकरण बनाउन डिजिटल ट्रान्सफरमेशन योजना लागू गरि कार्ययोजना अगाडि बढाईएको जानकारी दिए। सूचना प्रविधिको जोखिम व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई सुदृढिकरण गर्दै बीमाका नयाँ योजनाहरू तर्जुमा गरी कृषि तथा पिछडिएको क्षेत्रलाई प्राथमिकतामा राखी शाखा बिस्तार गर्ने निति लिएको उनको भनाई थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।