स्ट्याण्डर्ड चार्टर्ड बैंक वित्तीय कारोबारका लागि सबैभन्दा सुरक्षित

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंकले सन् २०२३ मा समेत ‘ट्रिपल–ए’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको वित्तीय सूचांक र छविका आधारमा बैंकलाई ‘ट्रिपल–ए’ रेटिङ दिएको हो ।

‘ट्रिपल–ए’ रेटिङ पाएका कम्पनीहरुको वित्तीय अवस्था राम्रो रहेको बुझिन्छ । स्टान्र्डड च्याटर बैंकले लगातार चौथो पटक इस्सुअर रेटिङका लागि ट्रिपल ए रेटिङ पाएको हो ।

बैंकको बलियो वित्तीय छवि, सम्पत्तिको गुणस्तरमा देखिएको वृद्धि र खराब कर्जामा आएको कमीका कारण इक्रा नेपालले बैंकलाई ट्रिपल ए रेटिङ दिएको छ ।

यस्तै नेपालका अन्य बैंकहरुको तुलनामा स्टान्र्डड च्याटर्ड बैंकको क्यापिटल टु एसेट रेसियो अर्थात् कम्पनीको कुल पुँजी र सम्पत्तिको अनुपात पनि औसत भन्दा धेरै रहेको छ । सन् २०२३ को मध्य जनवरी सम्ममा बैंकको सो अनुपात १३.३८ प्रतिशत रहेको छ भने नेपालको बैंकिङ क्षेत्रमा बैंकहरुको पुँजी र सम्पत्ति अनुपात ८.५ प्रतिशत रहेको छ ।

लगातार चार वर्षको ट्रिपल ए रेटिङले बैंक आफ्ना ग्राहक तथा सरोकारवालालाई विभिन्न सुविधा दिई सन्तुष्ट पार्नमा सक्षम रहेको स्ट्याण्डर्ड चार्टर्र्ड नेपालका प्रमुख कार्यकारी अध्यक्ष अर्निवान घोष दस्तीदरले जनाएका छन् ।

सन् १९८७ देखि स्ट्याण्डर्ड चार्टर्र्ड बैंकले नेपालमा बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । कम्पनीमा स्टान्र्डड च्याटरर्ड ग्रुपको ७०.२१ प्रतिशत र नेपाली नागरिकको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।