त्रिवेणी व्यापार कम्पनीले एकै वर्षमा गर्यो ४ अर्ब बढीको कारोबार

0
Shares

साङ्घाई बिजनेस ग्रुप प्रमोटर रहेको त्रिवेणी व्यापार कम्पनीले सन् २०२२मा ४ अर्ब २ करोड ३० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीको सञ्चालन नाफा सन् २०२१ को तुलनामा सन् २०२२ मा ४८ प्रतिशतले बढेको हो । सन् २०२१ मा २ अर्ब ६८ करोड ६० लाख आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२२मा बढेर ४ अर्ब २ करोड बढी पुगेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा आकर्षक वृद्धि देखिएता पनि कम्पनीका अन्य वित्तीय सूचांकमा सुधार देखिएको छैन । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर समावेश नाफा सन् २०२२मा कुल सञ्चालन आम्दानीको ७.२६ प्रतिशत रहेको छ । जुन सन् २०२१मा ७.३२ प्रतिशत थियो । यस्तै कम्पनीले लिएको कर्जाको ऋण तिर्न सक्ने क्षमता सन् २०२१मा कुल ऋणको ३.०९ गुणा थियो भने सन् २०२२मा उक्त क्षमता २.०६ गुणा रहेको छ ।

कम्पनीका गतिविधिहरु चालु पुँजी खर्चमा आधारित रहँदा कम्पनीको सञ्चालन आम्दानी बढ्दा समेत अन्य वित्तीय सूचकहरुमा सुधार देखिएको छैन । यस्तै कम्पनीले विभिन्न सामाग्रीहरु आयात गरी नेपालमा बिक्री गर्ने गरेको छ । जसकारण डलरको भाउमा परिवर्तन हुँदा कम्पनीको आम्दानी प्रभावित हुने गरेको छ ।

यस्तै नेपालमा समेत बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदै गएका छन्, जसकारण सहज आर्थिक परिस्थित हुँदा लिएको कर्जाको ब्याज धेरै बुझाउनु परीरहेको छ । जसकारण कम्पनीको आम्दानी प्रभावित हुने गरेको छ ।

नेपाली बजारमा बिक्री हुने ब्रान्डहरुमा अधिकतम सामसुङ र पानासोनिक देखिन्छन् । जसकारण यशुदा ब्रान्डले बजारमा ग्राहकहरुको मन जित्नु केही समय लाग्ने छ ।

तथापि कम्पनीमा साङ्घाई बिजनेस ग्रुपको लगानी रहेको छ । दुई दशक देखि टे«डिङ, म्यानुफ्याक्चरीङ, बैकिङ, इन्सुरेन्स लगायतका विभिन्न क्षेत्रमा संलग्न रहेका सैलेश साङ्घाई कम्पनीका प्रबन्ध निर्देशक रहेका छन् । यस्तै कम्पनीका नेपालभर १ हजार ६१९ डिलरहरु रहेका छन् । जसकारण आगामी समयमा यशुदा ब्रान्डले बजार लिने देखिन्छ ।

प्रविधिको विकास हुँदै गर्दा नेपाली जनता पनि डिजिटल दुनियाँ तर्फ आकर्षित हुन थालेका छन् । आर्थिक वर्ष २०२२मा मात्रै नेपालमा ७५ अर्ब रुपैयाँको विद्युतीय सामाग्री आयात भएको छ । नेपालमा विद्युतीय उपकरणको मागमा भएको वृद्धिले आगामी समयमा विद्युतीय सामाग्रीको माग बढ्ने देखिन्छ । जसको सकरात्मक प्रभाव अन्ततः कम्पनीको आम्दानीमा हुने छ ।

सन् २००८मा स्थापना भएको कम्पनीले अन्तराष्ट्रिय ब्रान्डका विभिन्न घरायासी सामाग्रीको बिक्री गर्दै आएको छ । यस्तै कम्पनीले चीनमा सामाग्री तथा उपकरणहरुको निर्माण गरी नेपालमा ‘यशुदा’ ब्रान्डबाट बिक्री गरिरहेको छ ।

कम्पनीले २ अर्ब २९ करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयरनेपालले कम्पनीलाई ए४ रेटिङ दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।