सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

0
Shares

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स गाभिई बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

एकीकृत कारोबारको सुरुवातसँगै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३/३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ ।

साबिक सगरमाथा इन्स्योरेन्सका तर्फबाट अजिथ आर. गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंका) सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह) गजेन्द्र लाल श्रेष्ठ, (सर्बसाधारण समूह) चायन भएका छन् ।

त्यस्तैगरि साबिक लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट मनोहर दास मुल, (संस्थापक समूह) अरुण राज श्रेष्ठ, (संस्थापक समूह) कमल भटृराई, (सर्बसाधारण समूह) गरि ६ जनाको सञ्चालक समितिको गठन गरिएको छ।

त्यसैगरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष मुलले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।