एसएमएल इसुजुका कमर्सियल गाडीको ‘फ्रि सर्भिस क्याम्प’ सुरु

0
Shares

एसएमएल इसुजुको बिक्रेता लक्ष्मी कमर्सियल भेहिकलस प्रालिले एक हप्ताको निःशुल्क सर्भिस क्याम्प २९ गतेदेखि चैत ४ गतेसम्म सुरु गरेको छ।

कम्पनीले काठमाडौको गुर्जुधारामा रहेको जीएफआई सर्भिस सेन्टरमा सञ्चालन गरेको हो। ६ दिन सम्म सञ्चालन हुने यो सर्भिस क्याम्पबाट एसएमएल इसुजुका ग्राहकहरुले अगाडि बम्परदेखि पछाडि बम्परसम्म गाडीका सबै पार्टपुर्जाको शतप्रतिशत फ्रि चेकजाँच सुविधा पाउनेछन्।

त्यस्तै, क्याम्पमा सामान्य मर्मतसम्भारमा लाग्ने लेबर चार्जमा पनि १०० प्रतिशत छुट दिइनेछ। यसका अतिरिक्त विशिष्टीकृत मर्मतसम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशतसम्मको छुट दिइने कम्पनीले उल्लेख गरेको छ।

त्यस्तै लुब्रिकेन्टहरुमा १५ प्रतिशत छुट उपलब्ध गराइनेछ भने स्पेयर पार्टसहरुमा ५० प्रतिशतसम्मको छुट सुविधा रहेको कम्पनीको भनाइ छ। साथै, फ्रि सर्भिस क्याम्पमा आउने ग्राहकहरु तथा चालकहरुको लागि बिशेष गिफ्टहरु प्रदान गरिनेछ।

सर्भिस क्याम्पकै अवधिमा कम्पनीले चालकहरुको लागि विशेष किसिमको तालिमको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ। गाडीहरुमा भएको परिवर्तन र सञ्चालन बिधि सम्बन्धी तालिम सञ्चालन गरिनेछ।

यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरु लिएर आएर विभिन्न छुट तथा तालिम प्राप्त इन्जिनियरहरुबाट चेकजाँच गराई सुविधा लिन आफ्ना ग्राहकहरुलाई लक्ष्मी कमर्सियल भेहिकलस्ले अनुरोध गरेको छ।

आफ्ना ग्राहकहरुलाई गुर्जुधारामा रहेको आफ्नो सर्भिस सेन्टर र नेपालका बिभिन्न क्षेत्रमा रहेका आफना वर्कशप तथा अथोराइज्ड वर्कशपहरुमार्फत बिक्रीपछिको मर्मतसम्भार तथा स्पेयर पार्टसको सुविधा दिँदै आएको छ ।

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बीएमडब्लुका कारहरुको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो।

लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक वितरक भई कार्य गरिआएको छ।

लक्ष्मी ग्रुपअन्र्तगतको लक्ष्मी कमर्सियल भेहिकलस प्रा।लि।ले नेपालमा एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ।

यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरी नेपालको बजारमा बिक्री बितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिदै आएको छ।

एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ।

मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।