सूर्यज्योति लाइफले लाभांश वितरण नगर्ने

0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

चैत १ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले साविक सूर्या लाइफ इन्स्योरेन्स र साविक ज्योति लाइफ इन्स्योरेन्सको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा दुबै कम्पनीमा वितरणयोग्य मुनाफा भएपनि हाल लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

सो मुनाफाबाट जगेडा कोषमा राखिने इन्स्योरेन्सले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।