मानुषी र श्रृजनशील लघुवित्तबीच मर्जर सम्झौता

0
Shares

मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाबीच एकापसमा मर्जर जाने प्रारम्भिक सम्झौता भएको छ ।

समझदारी पत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य तथा श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरका कम्पनी हुन् । 

मर्जर पछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहने गरि प्रस्ताव गरिएको छ । मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट ३/३ जना प्रतिनिधि रहने गरि संयुक्त मर्जर समिति गठन गरिने जानकारी दिइएको थियो । साथै मर्जर प्रक्रिया चालू आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको छ ।

चालू आवको दोस्रो त्रैमास सम्ममा श्रृजनशील लघुवित्तले देशभर ३३ ओटा शाखा मार्फत ४१ हजार ९४८ परिवारमा सेवा प्रदान गर्दै आएको छ भने मानुषी लघुवित्तले १४ ओटा जिल्लामा ३६ ओटा शाखा मार्फत ३४ हजार ३८७ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।