रोयल इन्फील्डको अत्याधुनिक सोरुम नक्साल र बालकुमारीमा

0
Shares

व्यवसायिक घराना त्रिवेणी ग्रुपले रोयल इन्फील्डको आधिकारिक बिक्रेता पाएसँगै उपत्यकाको दुई स्थानमा अत्याधुनिक सोरुम संचालन गरेको छ ।

काठमाडौँको नक्साल र बालकुमारीमा शोरुम स्थापना गरी आइतबार उक्त शोरुमको उद्घाटन ग्रुपका अध्यक्ष पुरुषोत्तम लाल साङ्घाईले गरेका हुन् ।

त्रिवेणी ग्रुपको लगानी रहेको अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फील्डको बिक्री वितरणको जिम्मेवारी लिएको छ । शोरुमको उद्घाटनसँगै सञ्चालनमा आउने छन्।
रोयल इन्फील्ड मोटरसाइकल शोरुम ‘बाइकर्स होम’ को अवधारणामा निर्माण गरिएको छ । शोरुमबाट बाइकका साथै राइडिंग गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पाट्र्स बिक्रि तथा बिक्रि पछाडिको सेवा समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।

अल्फा अटोमोटिभ कम्पनीले सञ्चालन गरेको शोरुम र डिलर समेत गरी हाल ६ वटा शोरुम सञ्चालन गरिरहेको छ । काठमाडौँको नक्साल, कोटेशवर, पोखरा, बुटबल, धरान र इटहरीमा रोयल इन्फील्डका शोरुम छन् ।

आगामी चैत्र महिनाभित्रमा कम्पनीले झापाको बिर्तामोड, चितवनको टाडी, सुर्खेत र भक्तपुरमा समेत शोरुम स्थापना गर्ने योजना बनाएको छ । यस्तै आगामी वर्षको असार महिनासम्ममा कम्पनीले बिराटनगर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाङ्ग, नेपालगंज र त्रिपुरेश्वरमा समेत शोरुम स्थापना गर्ने लक्ष्य लिएको छ ।

यसअघि दुगड ग्रुपको विवेक अटोमोबाइल्सले रोयल इन्फील्डको बाइकहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आएको थियो । दुगड ग्रुपबाट त्रिवेणी ग्रुपले रोयल इन्फील्डको आधिकारिक बिक्रेताको मान्यता प्राप्त गरेको हो ।

सन् १९०१मा स्थापना भएको रोयल इन्फील्डका बाइकहरु नेपाली बजारमा रुचाइएको बाइकहरु मध्येको एक हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।