नेपाल रेमिट इन्टरनेशनल प्रालि र राष्ट्रिय वाणिज्य बैंकबिच बैदेशिक रेमिट्यान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्बन्धि सम्झौता भएको छ ।
यस सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्यका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
विगत १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल तथा देश भरी २६५ वटा शाखा कार्यालय रहेको छ ।
यसका साथै ४६ वटा एक्सटेन्सन काउन्टर रहेको राष्ट्रिय वाणिज्य बैंकबिचको सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैंकिङ्ग च्यानल मार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया